Pahilo Awaj

Advertisment

SKIP THIS

सरकार परिवर्तन हुने कुरा अर्थहीन : प्रधानमन्त्री ओली

सरकार

काठमाडौँ । ​प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने अर्थहीन हल्ला अस्थिरता मच्चाउने तत्वहरुले चलाएको टिप्पणी गरेका छन्।

पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे।

नेकपा एमाले र नेपाली कांग्रेससहितको अहिलेको सरकार ०८४ सालको निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रवल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे।

पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र गतिमा अगाडि बढाउन उनले आग्रह गरे।

केही व्यक्तिले विकासका काम सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको कुनै अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले उपत्यका बाहिरका कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्ने

पहिलो आवाज दिनभर

प्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार