काठमाडौँ। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.ले ‘नाइमा मोबिलिटी एक्सपो’मा ४४ वटा म्याक्सस ई-टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। एक्सपोमा ३६ वटा कम्फर्ट भर्सन (२ लाख छुटसहित रु. ८६ लाख) र ८ वटा प्रिमियम भर्सन (५ लाख छुटसहित रु. १ करोड २३ लाख) बुकिङ भएका हुन्।
ग्राहकको उच्च मागलाई ध्यानमा राख्दै कम्पनीले एक्सपो लक्षित यो छुट सुविधा यही भदौ १५ गतेसम्मका लागि बढाएको छ। इच्छुक ग्राहकले हात्तीसारस्थित म्याक्ससको शोरुममा गइ बुकिङ गर्न सक्नेछन्।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारा दिइएको यो पिकअप एग्रेसिभ लुक, आधुनिक फिचर र उच्च ग्राउन्ड क्लेरेन्सका कारण लोकप्रिय बनेको छ। चीनको ख्यातिप्राप्त SAIC अन्तर्गतको म्याक्सस ब्रान्ड भएकाले र कम्पनीले चुस्त बिक्रीपछिको सर्भिस तथा स्पेयर पार्ट्सको ग्यारेन्टी गरेकाले युवा, क्याम्पिङप्रेमीका साथै हाइड्रोपावर र कन्स्ट्रक्सन क्षेत्रका व्यवसायीमाझ यो विद्युतीय पिकअप निकै रोजाइमा परेको छ।










