पत्रकार श्रेष्ठ आजै रिहा हुने, जनआस्थाबाट जफत गरिएका सञ्चार सामाग्री पनि फिर्ता गर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएसँगै उनी आजै रिहा हुने भएका छन् ।

सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।

ठश्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation