नाइमा मोबिलिटी अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक हुने(तस्बिरहरु)

काठमाडौं। हिमालयन अर्गनाइजेशनको आयाम इन्टरकन्टिनेन्टलले डोङफेङद्वारा उत्पादित बस नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही मंगलबारदेखि सुरु हुने एक्स्पोमा दुई वटा मोडलका बस सार्वजनिक गर्न लागेको हो।

डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपूर्जा उत्पादन गर्दै आएको छ।

कम्पनीका उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छन्। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रो बस पहिलेदेखि नै बिक्री हुँदै आएका छन्। अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बस पनि नेपाल ल्याउन लागेको कम्पनीले जनाएको छ।

मूल्य तथा अन्य विवरण भने एक्स्पोमा नै जानकारी गराउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation