दीपमाला बनिन् नयाँ मिस नेपाल

काठमाडौँ । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।

शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा दीपमाला नयाँ मिस नेपाल बनेकी हुन्। द हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्।

दीपमाला मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन। उनी हङकङमा बस्दै आएकी छन्।

फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी दीपमालाले विश्व विश्वविख्यात ‘ब्ल्याकरक’ जस्तो कम्पनीमा काम गरिसकेकी छन्। तर, आमाको अधुरो सपना पछ्याउदै ‘ब्ल्याकरक’ को जागिर छोडेर दीपमाला मिस नेपाल प्रतियोगिताका लागि नेपाल आएकी हुन्।

उनकी आमा सन् १९९४ मा भएको मिस नेपालमा भाग लिएकी थिइन्। त्यो सपना आज पूरा गरेकी छन्।

दीपमाला तेक्वान्दो खेलाडी र म्याराथन धावक पनि हुन्।

त्यस्तै, आर्या निशान्तले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेकी छन्। प्रतियोगितामा कोसिस सुब्बा मिस नेपाल कस्मो घोषित भएकी छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation