चार संसदीय समितिको बैठक आज

संसदीय समिति

काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीबार चार समितिको बैठक बस्दै छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्ने छ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान साढे ११ बजे शुरु हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे नै बस्नेछ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे शुरु हुने सचिवालयले जनाएको छ।

संसदीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार