प्रक्रिया पूरा भएपछि गृहमन्त्रीमाथिको छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुन्छ : प्रवक्ता पोखरेल

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन समितिको प्रतिवेदन प्रक्रिया पुगेपछि सार्वजनिक हुने बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै छानबिन प्रतिवेदन सार्वजनिक नियमित प्रक्रियामा हुने बताए।

पत्रकारहरूले सरकारका प्रवक्ता समेत रहेका पोखरेललाई गृहमन्त्री उपर छानबिन गरेर प्रतिवेदन बुझाएको महिना दिन कटिसक्यो, प्रतिवेदन किन सार्वजनिक नगरेको ? भनेर सोधका थिए।

जवाफमा उनले भने, ‘त्यो प्रतिवेदन सार्वजनिक हुन्छ। नियमित प्रक्रियामा छ, प्रक्रिया पूरा भएर सार्वजनिक हुन्छ।’
प्रक्रिया भनेको कति त? भन्दै सोधिएको प्रतिप्रश्नमा उनले थपे, ‘त्यो ब्युरोक्रेटिक प्रक्रिया हुन्छ, ब्युरोक्रेटिक प्रक्रिया पूरा भइसकेपछि त्यो सार्वजनिक हुन्छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation