Pahilo Awaj

Advertisment

SKIP THIS

आज तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समिति

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गर्ने कार्यसूची छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे १२ बजेलाई बोलाइएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दैछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे सिंहदरबारमा शुरु हुनेछ।

संसदीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार