Pahilo Awaj

Advertisment

SKIP THIS

लुम्बिनी फर्मास्युटिकल्सको साधारण सभा

भैरहवा  ।
लुम्बिनी फर्मास्युटिकल्स लिमिटेड बुटवल रुपन्देहीको सत्रौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षता र सेवानिवृत्त स्वाथ्यकर्मी शोभाखर बगालेको प्रमुख आतिथ्यतामा भएको बार्षिक साधारण सभाले व्यवसाय बृद्धि गर्न नयाँ कार्ययोजनाका साथ लाग्ने निर्णय गरेको छ ।
एक सय भन्दा बढी शेयर सदस्य र १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लुम्बिनी फर्मास्युटिकल्सको बार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन अध्यक्ष थापाले पेश गर्नुभएको थियो ।
कार्यक्रममा कम्पनीका संचालकहरु बुद्धिप्रसाद पन्थ, गिरीप्रसाद श्रेष्ठ, शेयर सदस्यहरु कृष्णकुमारी पाण्डे, दुर्गाप्रसाद अधिकारी, कुलमणि ज्ञवालीलगायतले बोल्दै औषधी ब्यवसायको क्षेत्रमा अगग्गै पहिचानका साथ काम गर्न शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार