रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनको मत परिणाम प्राप्त भएको छ । पार्टीको महिला उपसभापतिमा सोविता गौतमले कडा प्रतिस्पर्धामा डा. तोसिमा कार्कीलाई पछाडि पारेकी छन् ।

प्राप्त परिणामअनुसार तोसिमाले ५७२ मत ल्याउँदा सोविता ७८९ मत ल्याएर विजयी बनेकी हुन् । महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मत ल्याएर विजयी मनिष झा ३४६ मत ल्याएर पराजित बने ।

गणेश कार्कीले १६९ मत ल्याएका छन् । सागर ढकाललाई १३९ मत आएको छ । महामन्त्रीमा उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी रञ्जु दर्शनाले समेत ३४ भोट पाएकी छन् ।

सहमहामन्त्रीमा सबैभन्दा बढी भोट निशा डाँगीले ल्याएकी छन् । पुरुषतर्फ असिम शाह सहमहामन्त्रीमा पहिलो भएका छन् । सबैभन्दा कम भोट हिमेश पन्तलाई आएको छ । उनले विद्युतीय मतदान र प्रवासबाट गरी ५३ भोट ल्याए ।

हेर्नुस सबै उम्मेदवारहरुले ल्याएको मत

उपसभापति
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२

महामन्त्री
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४

सहमहामन्त्री (खुला)
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणि न्यौपाने ३००
सुलभ खरेल २९१
अशोककुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजिव खत्री १४८
वीरेन्द्र जैरु ११४
हिमेश पन्त ५३

सहमहामन्त्री (महिला)
निशा डाँगी ७३७
रीमा विश्वकर्मा २८२
कामिनीकुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation