सुस्ता क्षेत्रमा घुसेका हतियारधारी भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए

रूपन्देही । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको थियो ।

हतियारसहित उनीहरू नेपाली क्षेत्रमा आए पनि स्थानीयले आउनुको कारण सोधेका थिए । अटेरी गरेपछि सबै स्थानीय जुटेर प्रतिकारमा उत्रेपछि केही समयमा उनीहरू फर्केको जैसवालले नेपाल प्रेसलाई बताए ।

केहि दिनअघि मात्र भारतीय सुरक्षाकर्मी त्यहाँ बएर तटबन्ध निर्माण रोकेका थिए । स्थानीयले बताए अनुसार भारतीयले तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य रोक्न दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation