विश्वकप फुटबलः दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ ।

सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो ।

मेक्सिकोको ग्वाडालजरा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । ५९ औं मिनेटमा चेक रिपब्लिकका लागि लादिस्लाभ क्रेज्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । र, ८ मिनेपछि नै दक्षिणअफ्रिकाले बराबरी गोल फर्कायो ।

ह्वान इनबियोमले ६७ औं मिनेटमा गोल गरेर स्कोर बराबरी बनाए । ८० औं मिनेटमा दक्षिण कोरियाका ओयच ह्याङयुले अर्को गोल थपेर टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र कोरियाले महत्वपूर्ण तीन अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation