Pahilo Awaj

Advertisment

SKIP THIS

रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा, तारेखमा छाडिदिन रविको अपिल

rabi lamichane

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुगेका हुन् ।

कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन् । अदालतको इजलासमा करिब २ घण्टादेखि आदेश लेखन चलिरहेको छ ।

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।

रवि लामिछानेले भने आफूलाई तारेखमा छाडिदिन न्यायाधीश समक्ष अपिल गरेका छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई केही भन्नु छ ? भनेर सोधेका थिए। त्यसपछि रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका हुन्।

इजलासमा सहभागी एक अधिवक्ताले सहकारी पीडितका पक्षमा अफू लागिरहने उल्लेख गर्दै उनले थुनाबाहिरै बसेर मुद्दा लड्ने वातावरण बनाइदिन अनुरोध गरेका बताए।

सूर्यदर्शन सहकारी प्रकरण

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार