अमेरिकाविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले खेलमा ५८ रन लिए ।

ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल अहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation