रुप्से होलिडेजले पायो सिंगापुर एयरलाइन्सको ‘इन्टरप्राइजीङ एजेन्ट अवार्ड’

काठमाडौं । सिंगापुर एयरलाइन्सले नेपाली बजारमा आफ्नो उडानको टिकट बिक्रीमा पुर्‍याएको योगदानको कदर गर्दै रुप्से होलिडेजलाई इन्टरप्राइजीङ एजेन्ट अवार्ड प्रदान गरेको छ।

बुधबार काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा एयरलाइन्सले रुप्से होलिडेजलाई उक्त अवार्ड प्रदान गरेको हो।

कार्यक्रममा सिंगापुर एयरलाइन्सले नेपालमा आफूसँग व्यावसायिक सहकार्य गर्दै आएका ट्राभल एजेन्टहरूको योगदानलाई सम्मान गरेको थियो।

सम्मानित एजेन्टहरूमध्ये रुप्से होलिडेजले एयरलाइन्सको टिकट बिक्रीमा गरेको राम्रो व्यावसायिक प्रदर्शनका लागि इन्टरप्राइजीङ एजेन्ट अवार्ड प्राप्त गरेको हो।

अन्तर्राष्ट्रिय यात्राको योजना बनाउने यात्रुलाई उडानका विकल्प बुझाउन, उनीहरूको तालिकाअनुसार बुकिङ मिलाउन र टिकट उपलब्ध गराउन ट्राभल एजेन्टहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। रुप्से होलिडेजका लागि यो सम्मान नेपाली यात्रु र सिंगापुर एयरलाइन्सलाई जोड्ने आफ्नो भूमिकाको व्यावसायिक पहिचान हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation