इनम प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसहित चारजनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले इनमसापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमारब्यञ्जनकार (कुमार बेन) सहित प्रधानमन्त्री तथा गृहमन्त्रीकोसचिवालयमा रहेका व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गरीकारबाही गर्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रेस विज्ञप्तिजारी गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमारब्यञ्जनकार, प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथायोजना समन्वय संयोजक विशाल अधिकारी, गृहमन्त्रीकास्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधिपरामर्शदाता बताइने चिराग श्रेष्ठलाई तत्काल पदबाट हटाएरपक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन्।

नेपालखबरमा प्रकाशित समाचार तथा सार्वजनिक भिडियोमाउल्लेखित विवरणलाई आधार बनाउँदै मुभमेन्टलेअनुसन्धानका क्रममा पक्राउ परेका इनम सापकोटाकोमोबाइल फोन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारब्यञ्जनकारको निवासमा दुई दिनसम्म राखिएको रप्रधानमन्त्री कार्यालयका अधिकारीले प्रहरी परिसरमै पुगेरअनुसन्धानबारे सोधखोज गरेको घटनालाई गम्भीर विषयभनेको छ।

विज्ञप्तिमा प्रहरी नियन्त्रणमा रहेको अभियुक्तको मोबाइलप्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरीपुग्यो, कसको आदेशमा पुग्यो र त्यसमा कसले पहुँच राख्योभन्ने प्रश्न उठाइएको छ। डिजिटल प्रमाण मेटिएको, थपिएको वा परिवर्तन गरिएको हो कि होइन भन्ने विषयमास्वतन्त्र फरेन्सिक छानबिन गर्नसमेत माग गरिएको छ।

मुभमेन्टले यसलाई पदको दुरुपयोगमा मात्र सीमित नराखीराज्यको अनुसन्धान संयन्त्रमाथि राजनीतिक प्रभाव जमाउने रन्यायिक प्रक्रियालाई प्रभावित पार्न सक्ने गम्भीर विषयकारूपमा व्याख्या गरेको छ।

त्यस्तै, प्रमाण नष्ट गर्ने, झुट्टा प्रमाण सिर्जना गर्ने वाअनुसन्धान प्रभावित पार्ने कार्य पुष्टि भएमा सम्बन्धितसबैलाई पक्राउ गरी कानुनी अभियोजन अगाडि बढाउन मागगरिएको छ। प्रधानमन्त्री, गृहमन्त्री, उनीहरूका सल्लाहकार, राजनीतिक नेता, प्रहरी अधिकारी र न्यायिक पदाधिकारीकसैलाई पनि अनुसन्धानबाट उन्मुक्ति दिन नहुने विज्ञप्तिमाउल्लेख छ।

मुभमेन्टले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९, ९२ र९३ तथा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५, ४६ र४८ लगायतका कानुनी प्रावधान आकर्षित हुन सक्ने भन्दैसोहीअनुसार अनुसन्धान गर्न माग गरेको छ।

विज्ञप्तिमा प्रधानमन्त्रीलाई समेत प्रश्न गर्दै भनिएको छ, ‘प्रधानमन्त्रीले यस्तो गम्भीर अपराधमा सामेल मानिसलाईबर्खास्त गर्दै पक्राउ गरेर कारबाही गर्छन्? यदि गरेनन् भनेउनकै इशारामा यो सबै भइरहेको छ भन्ने कुरा छर्लङ्गहुनेछ।’

मुभमेन्टले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई कुनैनिजी गिरोह, राजनीतिक स्वार्थ वा गैरकानुनी गतिविधिकोसंरक्षण केन्द्र बन्न नदिन चेतावनी दिएको छ। राज्यकासंयन्त्रले कुशासन र शक्ति दुरुपयोग नियन्त्रण गर्न नसकेतथा प्रतिनिधिसभाले राजनीतिक निकास दिन नसके असोज२ र भदौ २४ का घटनाहरू पुनरावृत्ति हुन सक्ने चेतावनीसमेतविज्ञप्तिमा दिइएको छ।

‘अब कुनै बहाना, कुनै राजनीतिक संरक्षण र कुनै पदकोआडमा उन्मुक्ति स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निष्पक्ष छानबिन सुरु गरियोस्, दोषीलाई कारबाही गरियोस्।अन्यथा सुशासनको नाममा राज्यसत्ताको दुरुपयोगगर्नेहरूविरुद्ध जेनजी मुभमेन्ट नेपाल सशक्त नागरिकप्रतिवादमा उत्रिन बाध्य हुनेछ।’

प्रवक्ता शाहद्वारा जारी विज्ञप्ति सर्वोच्च अदालत र नेपालप्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation