वडास्तरीय नकआउट फुटबल प्रतियोगिता: बुधबार १ र ४ विजयी

वडास्तरीय नकआउट फुटबल

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज चाैथो दिन दुई खेल सम्पन्न भएका छन । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित फुटबल प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको दोस्रो दिन आज दुई खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर १ र दोस्रो खेलमा वडा नम्बर ४ विजयी भएको खेल संयोजक रेवन्त सिंजालीले जानकारी दिनुभयो ।

खेल संयोजक सिंजालीका अनुसार पहिलो खेलमा वडा नम्बर १ ले वडा नं ३ का बिचमा भएको खेलमा निर्धारित समयसम्म कुनै पनि गोल हुन नसक्दा पेनाल्टीमा गएको थियो जसमा वडा नं ३ ले ४ गोल गर्यो भने वडा नं १ ले पाच गोल गर्दै विजयी भएको हो ।

यस्तै वडा म ४ र १० का बिचमा भएको दोस्रो खेलमा पनि निर्धारित समयमा कुनै गोल हुन नसक्दा पेनाल्टीमा खेल गई वडा नं १० ले ४ गोल गर्दा वडा नं ४ ले ५ गोल गर्दै विजयी भएको हो ।

यस्तै पहिलो खेलमा वडा नं १ का हिमाल थापा र दोस्रो खेलमा वडा नं ४ का प्रितम कार्की म्यान अफद म्याच हुन सफल भएका छन ।

प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

वडास्तरीय नकआउट फुटबल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार