शिक्षा क्षेत्रमा सैनामैना समाज यूएइले अक्षयकोष स्थापना

शिक्षा क्षेत्र

सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिकाबाट संयुक्त अरब इमिरेट्स यूएईमा विभिन्न प्रयोजनमा बसोबास गर्ने युवाहरूको संगठित संस्था सैनामैना सेवा समाज यूएईले सैनामैना नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।

समाजले शिक्षाको पहुँचमा सबै बालबालिकाहरूको सुनिश्चितता कायम होस् भन्ने उदेश्यले नगरभित्रका साबिक दुधराक्ष, पर्रोहा र सालझन्डी गरि ३ वटा बिद्यालयमा १/१ लाखका दरले ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको हो ।

मंगलबार सालझण्डी १० पानबारी स्थित कञ्चन आधारभुत विद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरिएको छ । यसअघि सैनामैना ३ स्थित जनज्योति आधारभूत बिद्यालय र सैनामैना ५ स्थित मलमला माध्यमिक विद्यालयमा १/१ लाखको अक्षयकोष स्थापना गरिसकिएको छ ।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शिक्षा क्षेत्रमा समाजले गरेको योगदान सहरानीय भएको बताउनुभयो ।

शिक्षाको पहुँचमा सबै बालबालिकाको सुनिश्चितता कायम हुनुपर्ने बताउदै उहाँले सैनामैना समाजले यो अभियानलाई सार्थक बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले बिदेशमा रहेरपनि आफ्नो ठाउँ समाजको बिकासमा लाग्न समाजलाई शुभकामना व्यक्त गर्नुभयो ।

सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले सैनामैना समाज युएईमा कृयाशिल संस्था रहेको बताउदै समाजले शिक्षासंगै अन्य सामाजिक कामहरू गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सो अवसरमा बोल्दै संस्थाका बरिस्ठ उपाध्यक्ष केशव भट्टराइले सैनामैना समाजले युएईमा रहनुभएका सबै सैनामैनाबासीहरूको साथ र सहयोगले सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाँले समाजले सैनामैना नगर बिकाशमा साथ दिदै बिभिन्न सामाजिक काम गर्दै जाने बताउनुभयो ।

सैनामैना सेवा समाज युएईका महासचिव सुरेन्द्र परियारले सैनामैना सेवा समाजले सामाजिक क्षेत्रमा थुप्रै कार्य गर्दै आएको बताउँदै पछिल्लोसमय सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो । त्यसका अतिरिक्त असहाय, पीडित तथा विपदमा परेकालाई पनि सहयोग गर्दै आएको र भोलीको दिनमा पनि सैनामैनाको विकासमा एकाकार गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रीस, नेपाल रेडक्रस सोसाइटि लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी, सामाजिक अभियन्ता डोलराज भण्डारी लगायतले सुभकामना दिनुभएको थियो ।

सोही अवसरमा संस्थाका बरिष्ठ उपाध्यक्ष भट्टराईकी आमा राधिकादेबी भट्टराईले करिब ६० जना बिधार्थी बालबालिकाहरूलाई कापी कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।

सैनामैना सेवा समाजका बरिस्ठ उपाध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका संरक्षक मोहनबिर बमरेलको स्वागत एबं महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।

अक्षयकोष स्थापना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार