बलेले कोदालो प्रहार गर्दा आफ्नै जेठोबुबाका छोराको मृत्यु

बलेले

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ जुनीचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा घटना भएको हो ।

घटनाको जानकारी भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ ।

घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation