सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दी तथा थुनुवाहरूको विवरण सार्वजनिक गरेको छ।
शनिबार बिहान कारागारभित्र सुरुङ खनेर ८ जना कैदीबन्दी फरार हुन सफल भएका थिए। घटनापछि उनीहरूको खोजी तथा पक्राउका लागि जिल्लाका सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीले फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र बनाउनुका साथै उनीहरूको पहिचान खुल्ने तस्बिर र व्यक्तिगत विवरणसमेत सार्वजनिक गरेको छ।
कारागारबाट फरार भएका कैदीबन्दी तथा थुनुवाहरूको विवरण :











