काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न विशेष बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले बैठक बोलाइएको हो ।
बैठकमा पार्टी सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति तथा महामन्त्रीहरू सहभागी हुनेछन् ।
बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताइएको छ ।









