सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ।

यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपीएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बैंकसँगको सहकार्यले टोलीको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै खड्काले यस साझेदारीले सुदूरपश्चिम रोयल्सको यात्रा थप सशक्त बनाउन सहयोग पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation