काठमाडौं । प्रधानमन्त्री वालेन शाह (वालेन्द्र) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सफल बनाउन खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्।
लिग सुरु हुन केही घण्टाअघि सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल छोटो समयमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको बताएका छन्।
उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको संज्ञा दिँदै केही वर्षकै अवधिमा यसले भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिएका छन्।
उनले लेखेका छन्, ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ। यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना।’








