एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’मा पुनः दोहोरियो एलओडी क्लब

काठमाडौं ।ठमेलको एलओडी क्लब पुन एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ। भोलीदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू  हुने एनपीएलको तेस्रो सिजनमा पुनः एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् । एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको एलओडी जोनबाट म्युजिक प्ले गर्ने छन् ।

‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको छ,’ उनले भने ।

क्रिकेटप्रतिको बढ्दो आकर्षण र एनपीएलको लोकप्रियतामा सहभागिता बढेकाले एलओडीले खेलकुदसँगै मनोरञ्जन क्षेत्रलाई थप प्रवर्द्धन गर्ने उनले बताए ।

एलओडी एनपीएल सिजन टुमा पनि ‘इन्टरटेनमेन्ट पार्टनर’ रहेको थियो ।

सन् २०१९ मा स्थापना भएको एलओडीले नेपालले छोटो समयमै नेपालको मनोरञ्जन तथा नाइटलाइफ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

सन् २०२६ को सूचीमा एलओडी नेपाल विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४०औँ स्थानमा पर्न सफल भएको छ । नेपालको मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation