सप्तकोसी मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु, चार बेपत्ता

काठमाडौं । भोजपुरको भतुवागढीस्थित खोप्चेबाट आएको मोटरबोट सप्तकोसीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । चारजना अझै बेपत्ता छन् ।

मृतकको शव सुनसरीको चतारा अस्पतालमा राखिएको धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

नौजनाको सकुशल उद्धार गरिएको छ । बेपत्ताको खोजीकार्य जारी छ ।

भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनाछि सुरुमा धनकुटाको त्रिवेणी चौकीका प्रहरीहरू उद्धारमा खटिएका थिए । त्रिवेणी चौकीले जानकारी गराएपछि सुनसरीको विपद् व्यवस्थापन गुल्मबाट पनि टोली परिचालित भएको थियो । यस्तै, उदयपुरबाट पनि प्रहरी परिचालित भएका छन् ।

घटनास्थलमा फोन सम्पर्क नहुँदा नियमित रिपोर्टिङ हुन नसकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । अहिले सशस्त्र प्रहरीले नै उद्धार तथा खोजीको नेतृत्व लिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation