तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समिति

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक सोमबार बस्दै छ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।

बिहान ११ बजे नै बस्ने बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या समाधानको सम्बन्धमा प्राप्त सुझावमा केन्द्रित रहेर छलफल हुनेछ।

संसदीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार