एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म हुने नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको  छ ।

क्यानले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करणलाई आईसीसीबाट औपचारिक मान्यता प्राप्त भएको जानकारी दिएको हो ।

क्यानका अनुसार आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न आईसीसीको निरन्तर सहयोग, समर्थन तथा सहकार्य महत्त्वपूर्ण रहेको क्यानले उल्लेख गरेको छ ।

यस महत्त्वपूर्ण मान्यताका लागि क्यानले आईसीसीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्दै नेपाली क्रिकेटको विकासलाई गति दिने दिशामा यो मान्यता महत्त्वपूर्ण उपलब्धि हुने क्यानको विश्वास छ ।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने उल्लेख छ ।

Screenshot

NPL

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation