काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानवाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ। त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रीम इनर्जी ड्रिड्डो क्यान ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रीमले सात वटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ ।
एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किड्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससंग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ । एक्स्ट्रीमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुऱ्याउने प्रयास गरेको छ ।
क्रिकेटको क्रेजः सात टिम, सात पहिचान
क्रिकेटप्रेमीका लागि आफ्नो फेभरेट टिम केवल एउटा नाममात्र होइन । टिमप्रतिको समर्थन भनेको खेलाडीप्रतिको विश्वास र भावनासँग जोडिएको हुन्छ। मैदानमा प्रत्येक रनसँगै बढ्ने धडकन होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावना क्रिकेटको वास्तविक रौनक हो।
यही भावनालाई एक्स्ट्रीमले आफ्नो विशेष क्यानमार्फत माया दर्शाउने नयाँ तरिका लिएर आएको हो। प्रायोजनको लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अव समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन् । अब एक्स्ट्रम इनर्जी ड्रिङ्ग पिउनुमा मात्र सीमित रहने छैन । यसको प्रयोग आफ्नो फेवरेट टिमप्रतिको माया, र समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ ।
क्रिकेटको रौनक अब मैदानदेखि बजारसम्म
नेपाली क्रिकेटको लोकप्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको एनपीएलले क्रिकेटप्रेमीमाझ विशेष उत्साह सिर्जना गर्दै आएको छ। यही उत्साहमा युवा पुस्ताको रुचि र क्रिकेटप्रतिको क्रेजलाई जोड्ने उद्देश्यसहित एक्स्ट्रीमले विशेष क्यान बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार यो पहलले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ । साथै, एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै बजारदेखि खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खेल हेर्दै टोलीको समर्थन गर्ने होस् वा साथीभाइसँग क्रिकेटको चर्चा गर्ने, एक्स्ट्रीमको स्पेसल एडिसन क्यान समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग अझ नजिकवाट जोड्ने माध्यम बन्न सक्नेछ। यो पहलले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह, टिमप्रतिको गर्व र आपसी समर्थनलाई समेत जोड्ने विश्वास गरिएको छ ।
क्रिकेटमा खेलाडीहरू मैदानमा आफ्नो टोलीका लागि प्रतिस्पर्धा गर्छन् भने समर्थकहरू मैदानबाहिरबाट आफ्नो विश्वास र उत्साहका साथ टोलीको हौसला बढाउँछन्। एक्स्ट्रीमले यही सम्बन्धलाई विशेष क्यानमार्फत थप नजिक ल्याउने प्रयास गरेको छ ।
अब रोज्नुहोस्, आफ्नै फेभरेट टिमको क्यान
एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रीम इनर्जी डिङ्गका यी विशेष क्यानहरू उपभोक्ताहरूले आफ्नो नजिकैका पसल तथा विक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् ।
अब क्रिकेटको चर्चा हुँदा मनपर्ने टोलीको नाम मात्र होइन, हातमा त्यही टोलीको लोगो भएको एक्स्ट्रीमको क्यान पनि हुन सक्नेछ ।










