पुरानो कांग्रेसका बिल्कुलै नयाँ अनुहार निश्कल

२०८२ सालको चैतमा आएको चुनावी परिणामले २६ वर्ष पुरानो इतिहासलाई मात्र दोहोर्‍याएको छैन, एउटा ३५ वर्षे युवा निश्कल राईको काँधमा इलाम १ को भविष्यको साँचोसमेत सुम्पियो।

इलामको राजनीतिमा २०५६ साल एउटा यस्तो विन्दु थियो, जहाँ नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले जित हात पार्दा एउटा विरासत निर्माण भएको थियो। त्यसयताका २६ वर्षसम्म इलाम–१ को भूगोलले धेरै राजनीतिक उतारचढाव देख्यो।

एमालेको बलियो पकड, पूर्वप्रधानमन्त्री झलनाथ खनालको निरन्तरको वर्चस्व र पछिल्लो समय बदलिएको राजनीतिक समीकरण। तर, २०८२ सालको चैतमा आएको चुनावी परिणामले २६ वर्ष पुरानो इतिहासलाई मात्र दोहोर्‍याएको छैन, एउटा ३५ वर्षे युवा निश्कल राईको काँधमा इलाम— १ को भविष्यको साँचोसमेत सुम्पियो।

आफ्ना निकटतम प्रतिद्वन्द्वी विनोद नेम्वाङ लिम्बूलाई ९११ मतान्तरले पराजित गर्दै राईले २६ वर्षपछि कांग्रेसको झण्डा यस क्षेत्रमा पुनः फहराएका छन्।

इलामको पर्यटकीय मुटु सूर्योदय नगरपालिका–४, श्रीअन्तुको चियाबारीको काखमा २०४७ फागुन ७ गते जन्मिएका हुन् निश्कल राई। प्रकृतिसँगै हुर्किएका राईको व्यक्तित्वमा पहाडको शालीनता र चियाको सुगन्धजस्तै ताजगी पाइन्छ। उनले काठमाडौँको प्रसिद्ध शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरे र हाल उनी अर्थशास्त्रमा एमफिल अध्ययनरत छन्।
राजनीतिलाई केवल शक्ति प्राप्तिको अस्त्रमात्र ठान्नेहरूको भिडमा राईले आफूलाई ‘अध्ययनशील नेता’का रूपमा स्थापित गरेका छन्। केही समय शंकरदेव क्याम्पसमै अध्यापन गराएका उनीसँग अनुसन्धान, प्रशिक्षण र प्रशासनिक क्षेत्रको गहिरो दक्खल छ। उनले कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमको संयोजकका रूपमा सफल भूमिका निर्वाह गरिसकेका छन्। सूर्योदय नगरपालिका— ९ का युवा अर्चन ढुंगाना भन्छन्, ‘प्राज्ञिक क्षेत्रमा उनको यो लगाव नै संसद्मा नीति निर्माणका लागि एउटा बलियो आधार बन्ने विश्वास मतदाताले गरेका छन्।’

निश्कल राईको राजनीतिक यात्रा कुनै आकस्मिक घटना होइन। विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिमा सक्रिय रहेका उनले संगठनात्मक राजनीतिका हरेक खुड्किलाहरू संघर्षपूर्ण रूपमा पार गरेका छन्। स्कुल र क्याम्पस इकाइ हुँदै नेविसंघ इलामको महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनी पूर्व क्षेत्रीय सह–सचिवजस्ता जिम्मेवारीमा खरो उत्रिए।null

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation