लाजशरणम चलचित्रका लागि मेयर बालेनले गाए ‘नेपाल हाँसेको’ र्‍याप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ का लागि गाएको र्‍याप गीत सार्वजनिक गाएका छन् ।

र्‍यापर समेत रहेका बालेनले ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । मेयर बालेनको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीत मेयर भएपछि पहिलो पटक गाएका हुन् ।

यसलाई फिल्मको निर्माण टिमले ‘प्रमोसनल सङ’ का रूपमा दर्शकमाझ ल्याएको हो ।

फिल्म ‘लाज शरणम्’ हास्य सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो ।

कुमार कट्टेलको निर्देशन रहेको फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, कमलमणि नेपाल, महेश त्रिपाठी लगायतको अभिनय छ।

फिल्म फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारी छ ।

Balen balensaha balensahanewsong

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार