काठमाडौं । जेनजी आन्दोलनकी अगुवा सरिस्मा थापाले २०८२ सालभदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनका क्रममा राज्यकोदमन, योजनाबद्ध हिंसा तथा राज्यविहीनताको अवस्था सिर्जना भएकोदाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
असोज २० गते जारी गरेको ‘गम्भीर ध्यानाकर्षण’ वक्तव्यमा थापालेआन्दोलनको नेतृत्व तथा योजनामा संलग्न रहेको आरोप लगाइएकाव्यक्तिहरू अहिले राज्यका महत्वपूर्ण जिम्मेवारीमा पुगेको तरआन्दोलनमा सहभागी भएकाहरूलाई मात्र कारबाही र जेलमाराखिएको भन्दै आपत्ति जनाएकी छन्।
थापाले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछाने, सभामुख डीपी अर्याल तथा मन्त्री सुदनगुरुङलगायतका व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाएकी छन्। उनलेआन्दोलनका क्रममा युवाहरूलाई उक्साएर हिंसा भड्काउन भूमिकाखेलेको, जेल फोड्ने कार्यको अगुवाइ वा सहयोग गरेको तथाआन्दोलनलाई हिंसात्मक बनाउन भूमिका निर्वाह गरेको जस्ता आरोपलगाएकी छन्।
उनले आन्दोलनका क्रममा आदेश दिने तथा गोली प्रहार गर्ने सुरक्षानिकायका अधिकारीहरूमाथि अहिलेसम्म प्रभावकारी कारबाहीनभएको तर आन्दोलनमा सहभागी भएका व्यक्तिहरूलाई मात्रै जेलमाराखिएको भन्दै यसलाई विभेदपूर्ण र अन्यायपूर्ण भएको बताएकीछन्।
थापाले आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न सबै पक्षमाथि समानकानुनी व्यवहार हुनुपर्ने माग गरेकी छन्। उनका अनुसार बालेन्द्र शाह, रवि लामिछाने, सुदन गुरुङलगायतमाथि पनि कानुनी कारबाहीहुनुपर्छ, अन्यथा आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेकासम्पूर्ण आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्छ।
त्यसैगरी, जेनजी आन्दोलनमाथि दमन गर्नेहरूमाथि समेत निष्पक्षछानबिन गरी कडा कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।
थापाले राज्यले उक्त विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरे मुलुकपुनः आन्दोलनतर्फ जान सक्ने चेतावनीसमेत दिएकी छन्। उनलेआगामी आन्दोलन थप भयानक स्वरूपमा हुन सक्ने भन्दै त्यसकालागि तयार रहन सबैलाई आह्वान गरेकी छन्।









