गोरखा । आरूटार दलित महिला समूहले मुलुकका विभिन्न स्थानमा गएको बाढीपीडितहरूको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १०,१०१ (दस हजार एक सय एक) रुपैयाँ सहयोग जम्मा गरेको छ।
प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले समूहमा आबद्ध महिलाहरूले रकम सङ्कलन गरी कोषमा जम्मा गरेका हुन्। विपद्को यस घडीमा सबैले आ-आफ्नो ठाउँबाट सानो-तिनो भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले यो रकम हस्तान्तरण गरिएको समूहका प्रतिनिधिले बताएका छन्।
दलित महिला समूहको यो मानवीय तथा सामाजिक भावनाको स्थानीयस्तरमा चौतर्फी प्रशंसा भइरहेको छ।









