काठमाडौं । संघीय संसद्अन्तर्गत चार समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाअन्तर्गतका दुई र राष्ट्रिय सभाका दुई समितिका बैठक बस्न लागेको हो।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकायसँग छलफल गर्ने कार्यसूची छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो सा।ढे १२ बजे बस्नेछ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत र छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे नै बस्ने छ ।