काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ । सभापति रवि लामिछानेको सभापतित्वमा शनिवार पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले विभागीय जिम्मेवारी तोकेको हो ।
पार्टीले प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागको प्रमुखमा डा. मनोहर प्रधान र कानुनी मामिला तथा संस्थागत अनुपालन विभागको प्रमुखमा मोहनलाल आचार्यलाई मनोनयन गरेको रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
उनका अनुसार सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागको प्रमुखमा रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदीप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागको प्रमुखमा सुलभ खरेललाई जिम्मेवारी दिइएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी विभागको प्रमुखमा ज्ञानेन्द्र महता र श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागको प्रमुखमा महोत्तरीका दीपककुमार साहलाई मनोनयन गरिएको छ ।
आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको प्रमुखमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा.धनञ्जय रेग्मीलाई जिम्मेवारी दिइएको छ । संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा सम्राट बुढाथोकीलाई सदस्य मनोनयन गरिएको छ ।
त्यस्तै, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई मनोनयन गरिएको छ ।
पार्टीले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन) लाई मनोनयन गरेको छ ।









