तेह्रथुम । ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । भदौ ९ गते तेह्रथुमको छथर गाउँपालिका-२ स्थित ५६ महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले लिलमबहादुर लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको छ ।
पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण (मेडिकल) गरी प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।










