एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ।

क्यानले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएलका सम्पूर्ण खेलले आईसीसीको मान्यता प्राप्त गरेका हुन्।

यससँगै प्रतियोगिताअन्तर्गतका सबै खेलले लिस्ट ‘ए’ टी–२० (List A T-20) को आधिकारिक मान्यता पाएका छन्।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा यस उपलब्धिले नेपाली क्रिकेटको विकास, व्यवसायीकरण तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

एनपीएल नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगिता हो। प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

आईसीसीको आधिकारिक मान्यताले प्रतियोगिताको अन्तर्राष्ट्रिय महत्त्व थप बढाउने र नेपाली क्रिकेटलाई विश्वस्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation