काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर तीन लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४७४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६२ हजार ९ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०६८ रुपैयाँ कायम भएको छ ।










