मेडइन नेपाल भेन्यू र भेन्यू एन लाइन सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाइ मेडइन नेपाल भेन्यू र भेन्यू एन लाइन सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि र सुरक्षासहित नयाँ भेन्यूले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

मेडइन नेपाल भेन्यू सशक्त र आकर्षक एसयूभी डिजाइनसहित प्रस्तुत गरिएको छ। यसमा ट्विन हर्न एलइडी डीआरएलएस, होराइजन एलइडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग रहेका छन्। यो १.२ लिटर र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ, जसले आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्दछ।

त्यस्तै, भेन्यू एन लाइनले भेन्यू लाइनअपमा एन-ब्रान्डेड सिट, एन-ब्रान्डेड एलोय ह्विल, सिग्नेचर रेड हाइलाइट्ससहितको बडी कलर क्ल्याडिङ तथा विशिष्ट एन लाइन स्टाइलिङ इलिमेन्ट्स रहेका छन्। यसले आरामदायी यात्रा अनुभूत गराउने छ।

मेडइन नेपाल भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रूपैयाँ रहेको छ र यो एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ।

त्यस्तै, भेन्यू एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रूपैयाँ रहेको छ। मेडइन नेपाल हुन्डाइ भेन्यू र भेन्यू एन लाइन नेपालभरका हुन्डाइ शोरुमहरूमा उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation