पुर्जाको निधनमा वायुसेवा सञ्चालक संघद्वारा शोक व्यक्त

काठमाडौं । वायुसेवा सञ्चालक संघले हिमपहिरोमा परी विश्वप्रसिद्ध निधन भएका निर्मल पुर्जा (निम्सदाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनप्रति शोक व्यक्त गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै यो अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘साहसी आरोही निर्मल पुर्जासहित सम्पूर्ण आरोहीहरूको असामयिक निधनले हामी सबैलाई अत्यन्त मर्माहत तुल्याएको छ ।’

संघले दिवङ्गत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, इष्टमित्र र साथीभाइहरूमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गरेको छ ।

पुर्जाको निधनले नेपालको पर्यटन र साहसिक पर्वतारोहण क्षेत्रमा कहिल्यै पुरा नहुने क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation