काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् ।
भरखरै सार्वजनिक मत परिणामअनुसार शाह ४७१ र ढकाल ४१० मत प्राप्त गरी खुला सहमहामन्त्री पदमा निर्वाचित भएका छन् भने महिला सहमहामन्त्री पदमा ७३७ मत ल्याएर डाँगी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।










