काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
‘बलियो सङ्गठन, निडर नेतृत्व’ भन्ने नारासहित उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा दाबेदारी प्रस्तुत गरेकी हुन् ।
स्वास्थ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी कार्की रास्वपाभित्र स्पष्ट वक्ता, जनसरोकारका मुद्दामा सक्रिय र युवा पुस्तामाझ लोकप्रिय नेतृका रूपमा चिनिन्छिन् ।
पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने, वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने तथा नीतिगत तहमा प्रभावकारी हस्तक्षेप बढाउने लक्ष्यसहित उनले उम्मेदवारी अघि सारेको जनाइएको छ।









