काठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए ।
खेलको पहिलो हाफमा स्पेनभको तीन प्रहार रोकेका थिए । यस्तै दोस्रो हाफमा पनि उनले स्पेनको चार प्रहारलाई निष्प्रभावी बनाए । खेल बराबरीमा रोकिएसँगै १-१ अंक बाँडिएको छ । विश्वकपको हिलो खेलमा केप भर्डले अंक जोडेको छ ।










