काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ।
कांग्रेसका सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका सो पार्टीले जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो।
कांग्रेसले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको जनाएको छ।










