काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक बर्ष २०८३/०८४ को बजेट निर्माणका विषयमा बिहीबार (आज) पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग छलफल गर्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा रास्वपा सांसदहरुसँग पर्यटनमन्त्री र सञ्चारमन्त्रीको बैठक डाकीएको हो ।
बैठक अपराहन्न ४ बजे देखि ६ बजेसम्म बस्न लागेको रास्वपा सचिवालयले जनाएको छ । बैठकमा पर्यटन र सञ्चार क्षेत्रमा कस्तो बजेट ल्याउने भन्ने बिषयमा छलफल हुने आँकलन गरिएको छ ।
हिजो मात्र रास्वपा सांसदहरुले अर्थमन्त्री स्वरर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग प्रि बजेटका बिषयमा छलफल गरेको थियो । बैठकले बजेट जिल्ला केन्द्रित नहुने, विकास र विकट केन्द्रित हुने निर्णय गरेको थियो ।
आर्थिक बर्ष २०८३/०८४ को बजेट भाषण हुन केही समय बाँकी रहँदा रास्वपाले आफ्रना सांसद र मन्त्रीहरुलाई बोलाएर छलफल गर्ने कामलाई तिव्रता दिएको हो ।










