सरकारको ‘डोजर आतंक’ असह्य हुने गगन थापाको प्रतिक्रिया

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको ‘डोजर आतंक’ असह्य हुने बताएका हुन्।

काठमाडौं । सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरको विषयमा गगन थापा ले कडा प्रतिक्रिया दिएका छन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको ‘डोजर आतंक’ असह्य हुने बताएका हुन्।

उनले सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरूले सुकुम्बासी नागरिकलाई भोट बैंकका रूपमा संरक्षण गरेको भन्दै कांग्रेसमाथि लगाइने आरोपप्रति आपत्ति जनाए। थापाले यस्ता आरोपहरू वास्तविकतासँग मेल नखाने स्पष्ट पारे।

त्यस्तै, उनले सरकारले गरेका सकारात्मक कामहरूमा आफ्नो पार्टीको समर्थन रहने पनि उल्लेख गरे।

सभापति थापाले सीमा विवादको विषयमा सरकारले भारतलाई पठाएको कूटनीतिक नोट प्रशंसनीय रहेको धारणा समेत व्यक्त गरे।

गगन थापा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation