बजेट दुर्गम र विकास केन्द्रित आउँछ : सांसद खत्री

बजेट दुर्गम क्षेत्रको विकास र पूर्वाधार विस्तारमा केन्द्रित हुने

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार आफ्ना सांसदहरूसँग सिंहदरबारमा छलफल गरेको छ।

पार्टीको संसदीय दलको बैठकमा सरकारले ल्याउन लागेको बजेटका प्राथमिकताबारे विस्तृत रूपमा छलफल गरिएको थियो। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ले आ–आफ्ना मन्त्रालयको हालसम्मको प्रगति प्रस्तुत गरेका थिए।

स्रोतका अनुसार, छलफलमा आगामी बजेट कुन–कुन क्षेत्रमा कसरी केन्द्रित गर्ने भन्ने विषयमा विचार–विमर्श भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राजीव खत्रीले बजेटलाई ‘कनिका छरेजस्तो’ देशभरि सानो–सानो भागमा बाँडिने शैली अन्त्य गरिने संकेत गर्नुभयो। उहाँका अनुसार बजेट दुर्गम क्षेत्रको विकास र पूर्वाधार विस्तारमा केन्द्रित हुने गरी तयारी भइरहेको छ।

यसै क्रममा सांसद खत्रीले सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा पनि सरकारको बचाउ गर्नुभयो। उहाँले सरकारद्वारा सुकुम्बासीहरूको व्यवस्थापनमा पहल गरिएको, आवश्यक सहयोग तथा बालबालिकाको शिक्षाका लागि कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।

बैठकमा बजेट प्राथमिकता, सुकुम्बासी बस्ती व्यवस्थापन र सीमा विवादजस्ता विषयहरूमा समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation