पहिलो आवाज – Pahilo Awaj

Advertisment

SKIP THIS

बाढी प्रभावित परिवारका लागि JEEVIKA ले ‘ओपन डोनेसन’ अभियान सञ्चालन गर्दै

काठमाडौं । बाढीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले JEEVIKA ले ‘Open Donation’ अभियान आयोजना गर्ने भएको छ।

अभियानमार्फत बाढी प्रभावित परिवारका लागि आवश्यक राहत तथा सहयोग जुटाइने आयोजकले जनाएको छ। अभियानमा इच्छुक व्यक्ति तथा समुदायलाई आफ्नो क्षमताअनुसार आर्थिक वा आवश्यक सामग्रीमार्फत सहयोग गर्न आग्रह गरिएको छ।

कार्यक्रम शनिबार, सेप्टेम्बर ५ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाल नर्सिङ काउन्सिल, बासबारीमा आयोजना हुनेछ।

आयोजकका अनुसार सानो वा ठूलो जुनसुकै सहयोगले पनि विपद्बाट प्रभावित परिवारलाई कठिन समय पार गर्न महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

“Every hand that gives, rebuilds a life.” भन्ने सन्देशसहित आयोजना हुन लागेको अभियानमा सहभागी भई बाढी प्रभावित परिवारलाई सहयोग गर्न JEEVIKA ले सबैमा अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation