गोर्खाज फाइनान्स र F1Soft बीच Fonepay Virtual Credit Card सम्बन्धी सम्झौता

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड र F1Soft International Pvt. Ltd. बीच Fonepay Virtual Credit Card सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार गोर्खाज फाइनान्सले Fonepay Virtual Credit Card Module को प्रयोग तथा कार्यान्वयनमार्फत आफ्ना ग्राहकलाई डिजिटल माध्यममा आधारित भर्चुअल क्रेडिट कार्ड सेवा उपलब्ध गराउनेछ।

सम्झौताले गोर्खाज फाइनान्सको डिजिटल वित्तीय सेवा विस्तार तथा प्रविधिमैत्री बैंकिङ सेवाको विकासलाई थप अघि बढाउने अपेक्षा गरिएको छ। F1Soft ले सम्झौताअनुसार सम्बन्धित सफ्टवेयर मोड्युलको लाइसेन्स, कार्यान्वयन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

डिजिटल कारोबार र वित्तीय सेवामा ग्राहकको बढ्दो आवश्यकता तथा सुविधालाई ध्यानमा राख्दै भर्चुअल क्रेडिट कार्ड सेवाले ग्राहकलाई थप सहज र आधुनिक डिजिटल वित्तीय अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ। यस सेवामार्फत डिजिटल माध्यमबाट क्रेडिट कार्डसम्बन्धी सेवा तथा कारोबारलाई थप व्यवस्थित र सहज बनाउने लक्ष्य रहेको छ।

गोर्खाज फाइनान्सले पछिल्लो समय डिजिटल बैंकिङ तथा प्रविधिमा आधारित वित्तीय सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न डिजिटल सेवा तथा प्रणालीलाई निरन्तर विकास गर्दै आएको जनाएको छ। Fonepay Virtual Credit Card सेवा कार्यान्वयनसँगै कम्पनीको डिजिटल वित्तीय सेवा पोर्टफोलियो थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation