Pahilo Awaj

Advertisment

SKIP THIS

मदिरा व्यवसायी संघ भैरहवाको कार्यशाला गोष्ठी पाल्पामा सुरु

विष्णु भट्टराई
पाल्पा, २६ पुस ।
मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकास्थित नुवाकोटमा सुरु भएको छ । शनिबारसम्म हुने कार्यशालाले संस्थाको वार्षिक कार्ययोजना तय गर्ने संघका अध्यक्ष बाबुराम पाण्डेयले बताए ।
शुक्रबार (पहिलो दिन) गोष्ठीमा गत वर्षको कार्ययोजनाले तय गरेका कार्यक्रमहरुको समीक्षा तथा संस्थाको गतिविधिबारे छलफल गरिएको महासचिव यादव पोख्रेलले जानकारी दिए ।
गोष्ठीमा कोषाध्यक्ष सुन्दर भण्डारीले आगामी वर्षको अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए ।
गोष्ठीमा २६ वटा कार्ययोजनामा छलफल गरिने संघका सचिव तेज बहादुर खत्रीले बताए ।
कार्ययोजना अन्तर्गत उत्पादन कम्पनी तथा डिलरसँग छलफल तथा अन्तरक्रिया, मदिराको मूल्यसूचीका लागि मोवाइल एप्स निर्माण गर्ने, मदिरा व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकायमा सल्लाह, सुझाव र समाधानका उपायसहित पेश गर्नेबारे छलफल हुनेछ ।
त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायीसँग छलफल तथा अन्तरक्रिया, अन्तःशुल्क नविकरणको लागि सहजीकरण, अवैध मदिरालाई निरुत्साहित पार्न सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न कार्यक्रममार्फत भूमिका निर्वाह गर्नेबारे छलफल हुने संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले बताए ,
त्यसै गरी स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ–संस्थासँग आवश्यक समन्वय र सहकार्य, व्यवसायिक राहत कोष दिदा अध्ययन गरी वितरण, बजार अनुगमन गरी दररेटमा एकरुपता ल्याउन र अवैध मदिरालाई नियन्त्रण र निरुत्साहितका लागि पहल गर्ने लगायतका विषयहरुमा छलफल गरिने ज्ञवालीले जानकारी दिए ।
कार्यशाला गोष्ठीमा संघका अध्यक्ष बाबुराम पाण्डेय, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, महासचिव यादव पोख्रेल, सचिव तेजबहाादुर खत्री, कोषाध्यक्ष सुन्दर भण्डारी, सह–कोषाध्यक्ष विनोद आचार्य, सल्लाहकार खिम बहादुर खत्री, सल्लाहकार ठाकुर कुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको छ ।
संघको वार्षिक साधारणसभा भएपछि रुपन्देही जिल्लाबाहिर वार्षिक कार्यशाला गोष्ठी हुने गरेको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने संघको विश्वास छ । संघले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित लुम्बिनी, मर्चवार, धकधई क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ । संघमा १ सय ५० व्यवसायीहरु आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार