शाही, मिश्र र दुर्गाको अराजक झुण्डलाई कारबाही गरौँः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनको आडमा अराजकता मच्चाउने व्यक्तिहरूमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । शुक्रबार राजावादी समूहको आन्दोलनले उग्र रूप लिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै लेखेका छन्, ‘समाजवादी पार्टीको कार्यालयमा आगजनी, दुई व्यक्तिका घरमा क्षति पुर्‍याउने, कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडियामाथि ढुंगामुढा गर्ने, साथै गणतन्त्रविरोधी अराजक गतिविधि सञ्चालन गर्ने ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र, दुर्गे लगायतका व्यक्तिहरू र तिनका समूहलाई कानूनको दायरामा ल्याउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार