भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए ।

प्रधानमन्त्री शाह हिजो दुईदिने राजकीय भ्रमणका लागि भारत गएका थिए । भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट, छलफल तथा सम्झौता र समझदारीसम्बन्धी कार्यतालिका पूरा गरी उनी आज स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation